ट्रम्पका पूर्व सल्लाहकार कैद मुक्त



वासिंगटन,(एजेन्सी)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लामो समयदेखिका आफ्ना सहयोगी तथा पुर्व सल्लाहकार रोजर स्टोनलाई कारवास संजायबाट माफ गरेका छन् । अदालतले आफ्नो चालिस वर्ष लामो कारवास शुरुवात तिथि पर सार्न गरेको अनुरोध अस्विकार गरेको केहि समय पछि ट्रम्पले यो कदम चालेका हुन् ।

उनी माथि कंग्रेससंग झुठो बोलेको , बाधा अवारेध पु¥याएको तथा अनावश्यक हस्तक्षेप गरेको अभियोग लगाइएको थियो । रसियाले ट्रम्पको २०१६ को चुनावी अभियान प्रवर्धन गर्न खोजेको भन्ने विषयमा स्वतन्त्र न्याय विभागले गरेको अनुसनधानको क्रममा देषि ठहरिएका स्टोन ट्रम्पका छैठौं सहयोगी हुन् । आगामी म.गलवार जजिृयाको जेसुप स्थित संघिय कारगारमा ६७ वर्षिय स्टोनले रिपोर्ट गर्ने कार्यक्रम थियो ।

वषौंदेखि ट्रम्पको राष्ट्रपतित्वलाई ओझेलमा पार्ने प्रयास स्वरुप वामपन्थी र तिनका गठबन्धनले मिडियावाजी गरिरहेको रुसी नक्कली काण्डको रोजर स्टोन एक पिडित भएको व्हाइट हाउसबाट जारी गरिएको एक विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सो विज्ञप्तिमा रोवर्ट मयुल्लरको विशेष निर्देशन र नेतृत्वमा रहेको न्यायविभागका कानुनविदहरुले ट्रम्पको चुनावी अभियान क्रेमलिनसंग सम्बन्धित रहेको कोरा कल्पना पूरा गर्न नसकेपछि स्टोन तनावित भएको मात्र आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्