बहुबिबाह मुद्दामा पक्राउ पर्दा कोरोना संक्रमण पुष्टि



दुर्गाप्रसाद शर्मा, पर्वत ।

कोरोनाको पिसिआर परिक्षणमा नेगेटिभ रिर्पोट आएर घर फर्केकी पर्वतको कुस्मा नगरपालिकाकी एक जना महिलामा दोस्रो पटक गरिएको परिक्षणमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतको हिरासतमा रहेकी कुस्ममा नगरपालिका–१०की २५ बर्षिय महिलामा घर फर्केको ११ दिनपछि शुक्रबार संक्रमण पुष्टि भएको हो । प्रहरी हिरासतमा कोरोना संक्रमण पुष्टि भएपछि पक्राउ गर्ने प्रहरी र संगै रहेका थुनुवालाई समेत क्वारेन्टाईनमा राखिएको छ ।

प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको कोरोना परिक्षणमा ती महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो। महिलाका श्रीमानको भने दोस्रो पटक गरिएको परिक्षणमा रिर्पोट नेगेटिभ आएको छ। पर्वतको कुस्मा नगरपालिका –१० को यो जोडीले नेगेटिभ रिर्पोट आएपछि क्वारेन्टाईनमा दुई हप्ता नबस्दाको परिणाम गाउँमा समेत संक्रमण फैलने अवस्था आएको छ भने जिल्ला प्रहरी कार्यालयमा समेत कन्ट्रयाक्ट ट्रेसिङ गर्ने अबस्था आएको छ ।

भारतमा रोजगारीमा रहेका उनीहरु साथीहरु संगै जेठ १९ गते कुस्मा आएर क्वारेन्टाईनमा बसेका थिए । स्वाब लिएको १८ औ दिनमा कोरोना संक्रमण नेगेटिभ देखिएपछि उनीहरुलाई जेठ ११ गते पिपलटारी स्थित क्वारेन्टाइनमा पठाइएको थियो । क्वारेन्टाईनमा दुई हप्ता बस्नुपर्ने भएपनि रिर्पोट ढिलो आएको र क्वारेन्टाईनमा बसाई लामो अध्यक्ष सुजन बिकले उनीहरु दिन पुगेपछि घर गएको दाबी गर्नुभयो तर उनीहरुलाई दुई हप्ता नबसेर ५ दिनमै वडा अध्यक्षको सहमतिमा घरमा गएको पाइएको छ ।

बहुबिबाह मुद्दामा प्रक्राउ पर्दा संक्रमण पुष्टि

संक्रमित महिला र उनका श्रीमानका बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा बहुबिबाहको उजुरी दर्ता भएको थियो । प्रहरीको खोजी सुचीमा रहेका उनीहरु पब्लिक क्वारेन्टाईनबाट घर फर्केपछि जेठ २२ गते प्रहरीले पक्रेको थियो । जेठ ११ गते कोरोनाको रिर्पोट नेगेटिभ आएका कारण प्रहरीले पक्राउ गर्न समस्या देखेन । अदालत पेस गर्नुपुर्ब आरडिटी परिक्षण गर्दा श्रीमान श्रीमतीकै रिर्पोट पोजेटिभ रिर्पोट आएपनि पून पिसिआर परिक्षण गरिएको थियो । पिसिआर परिक्षणका क्रममा श्रीमतीको पोजेटिभ र श्रीमानको नेगेटिभ रिर्पोट आएपछि प्रहरीलाई समेत समस्या भएको छ । हिरासतमा १२ जना थुनुवा रहेका छन । उनीहरुलाई पनि क्वारेन्टाइन बनाएर राखिएको छ भने पक्राउ गर्ने र सम्पर्कमा रहेका ७ जना प्रहरीलाई पनि छुट्टै राखिएको छ । सबैको पिसिआर परिक्षण गर्ने तयारी भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी बिश्वराज अधिकारीले बताउनुभयो ।
नेगेटिभ रिर्पोट आएपनि यसरी भयो संक्रमण

श्रीमानलाई स्वाब संकलन भएपनि संगै बसेको साथीबाट संक्रमण भएको र पछि घर जाँदा श्रीमानबाट श्रीमतीलाई कोरोना संक्रमण भएको आशंका गरिएको छ । क्वारेन्टाईनमा बस्ने क्रममा श्रीमती बसेको कोठाका सबैको रिर्पोट नेगेटिभ आएको थियो भने श्रीमान बसेको कोठामा १ जनाको रिर्पोट पोजेटिभ आएको थियो । रिर्पोट नेगेटिभ आएपनि स्वाब लिएपछि लामो समय संक्रमित संगै एउटै कोठामा बस्ने, स्वावप्रश्वास नजिकै बसेर गरिने भएकाले उनीहरुमा पनि संक्रमण भएको हुन सक्ने भएकाले पालिकाको पब्लिक क्वारेन्टाईनमा अनिवार्य बस्ने ब्यबस्था गरिएको जिल्ला स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा. भोजराज गौतम बताउनुहुन्छ । ‘रिर्पोट नेगेटिभ आएपनि संक्रमण हुने जोखिम भएकै कारण दुई हप्ता पब्लिक क्वारेन्टाईनमा राख्ने ब्यबस्था मिलाइएको हो’ उहाँले भन्नुभयो ‘यसको प्रभावकारी कार्यान्वयन नहुँदा समस्या आएको छ, अब समुदायका र पब्लिक क्वारेन्टाईनमा बसेकाहरुमा पनि संक्रमण फैलिन सक्ने जोखिम बढाईदिएको छ।’

प्रतिक्रिया दिनुहोस्