शनिबार सबै बैङ्क खुल्ने



न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले भोलि शनिबार सबै बैंक तथा वित्तीय संस्थाहरुलाई पूर्णकालीन रूपमा खुला राख्न निर्देशन दिएको छ ।

आर्थिक वर्षको अन्तिम समय भएको हुँदा राजश्व लगायतका भुक्तानी सहज बनाउनका निम्ति केन्द्रीय बैंकले सो निर्देशन दिएको हो । भोलि नेपाल क्लियरिङ हाउस समेत खुला हुनेछ ।

प्रतिक्रिया दिनुहोस्