काठमाडौँका यी क्षेत्रमा शुक्रबार बत्ती नहुने



न्युज अफ नेपाल,काठमाडौँ ।

नेपाल विद्युत प्राधिकरणले शुक्रबार राजधानीका केही स्थानमा विद्युत आपूर्ति बन्द गर्ने भएको छ । प्राधिकरणले कुलेश्वर बितरण केन्द्र अन्तर्गत पर्ने स्विचाटार पुल देखि देखि सितापाइला चोक सम्मको चक्रपथ बिस्तार कार्यक्रम अन्तर्गतको विद्युतिय संरचना स्थानान्तरण तथा हटाउने कार्यको लागि स्विचाटार-स्वयम्भु फिडर बिहान ११बजे देखि दिउसो ३ बजे सम्म सटडाउन गर्ने भएको छ ।

जसको कारण सोल्टी दोबाटो , सितापाइला , सिभिल होम्स , अलकत्र उधोग ,पदमा कोलोनी , रामकोट ,भिमढुँगा , छत्रे देउराली लगायातका स्थानको बिद्युत लाइन अवरोध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्