जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता



न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ।

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकीकरण भई जनता समाजवादी पार्टी गठनको घोषणा १० वैशाख मध्यरातमा भएको थियो।

आयोगको बुधबार बसेको बैठकले जनता समाजवादी दल दर्ताको निर्णय गरेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले आजै दल दर्ताको प्रमाणपत्र उपलब्ध गराइने पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्