एजेन्सी ।
कोरोना संक्रमित बढेसँगै अष्ट्रेलियाको मेलबर्नमा पुन लकडाउन लगाइएको छ ।
मेलबर्न प्रवेश गर्ने सबै नाका सिल गरिएको छ । यस्तै, मेलबर्नवासीलाई अत्यावश्यक सेवाका लागि मात्र घरबाट बाहिर निस्किन आग्रह गरिएको छ । मेलबर्नमा मंगलबार १ सय ९१ जना नयाँ कोरोना संक्रमित भेटिएका थिए भने बुधबार १ सय ३४ जनामा कोरोना संक्रमण देखिएको थियो ।
यससँगै अष्ट्रेलियामा कोरोना संक्रमितको संख्या ९ हजार पुगेको छ ।