दर्जनौँ घर बगे, दर्जनौँ बेपत्ता



नानीराम नेपाल, सिन्धुपाल्चोक ।

रातभरको अविरल बर्षाका कारण बाढी पहिरोमा परि सिन्धुपाल्चोकका दर्जनौँ घर संरचना बगाएका छन । बार्हबिसे नगरपालिका र त्यस उँभोको क्षेत्रमा ठाडा खोलाहरु उर्लँदा दर्जनौँ घर बगाएको र दर्जन बढीको मानबिय क्षति भएको आशंका गरिएको छ ।

कतिपय घाईते अबस्थामा रहेका छन, केही बेपत्ता भएका छन । अरनिको राजमर्गको जम्बु, खागदल बजर नै बाढिले बगाएको छ । खागदलको पक्की पूल नै बगाएपछी सडक सम्पर्क टुटेको छ । ”

केही मानीसहरु हराईरहेको सूचना छ, हामी घटनास्थल जाँदैछौँ” ईलाका प्रहरी कार्यालय बार्हबिसेका प्रहरी निरिक्षक नवराज न्यौपानेले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्