ओली–प्रचण्डबीचको वार्ता सकियो, यस्तो भयो सहमति



न्युज अफ नेपाल, काठमाडौं ।
पार्टीभित्रको विवाद समाधान गर्नको लागि पाँचौ पटक प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच वार्ता भएको छ । सहमतिको खोजीमा पाँचौ पटक वार्ता गरेपनि ठोस सहमति जुटन सकेको छैन् । ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजिनामा दिनुपर्ने पक्षमा प्रचण्डले अडान राखेपछि निरन्तरतको वार्ता विफल हुँदै आएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा बुधवार साँझ झण्डै २ घण्टा छलफल भएपनि सहमतिको खोजी अझै हुन नसकेको बताइएको छ । प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले वार्ता सकारात्मक रुपमा अगाडि बढेको न्युज अफ नेपाललाई जानकारी दिनुभयो ।
स्थायी कमिटीमा नेताहरुले ओलीको राजीनामा मागेपछि सुरु भएको नेकपाभित्रको विवाद अझै समाधान भएको छैन । विवाद समाधान नभएकाले स्थायी कमिटी बैठक असार २६ गतेसम्मका लागि सारिएको छ ।

यसबीचमा दुई अध्यक्षबीच पटक पटक कुराकानी भए पनि सहमति हुन सकेको छैन । अध्यक्ष प्रचण्ड, नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल लगायतले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने बताएका छन् भने ओलीले दुबै पद नछाड्ने अडान राखेका छन् । पार्टीभित्रको विवाद समाधानको लागि पार्टीका दोस्रा तहका नेताहरुको सक्रियता पनि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्