विश्व क्रिकेटका बाँकी प्रतियोगिता आजबाट शुरु



न्युज अफ नेपाल, काठमाडौं ।
कोभिड–१९ का कारण स्थगित विश्व क्रिकेटका बाँकी प्रतियोगिता आज बुधबारबाट सुरु भएको छ । कोरोनाको महामारी पछि विश्व क्रिकेटका सबै प्रतियोगिताहरु स्थगित भएका थिए । इङ्ल्याण्ड र वेष्ट इन्डिजबीच आजबाट पहिलो टेष्ट खेल हुँदैछ ।

स्थगित अन्तर्राष्ट्रिय क्रिकेटले प्रतियोगिता बेलायतको साउथह्यामटन स्थित एजियास बाउल मैदानमा क्रिकेट टेष्ट हुन लागेको हो । तर मैदानमा भने दर्शकहरुलाई प्रवेशको अनुमति दिइएको छैन् । इङ्ल्याडको नेतृत्व आलराउन्डर बेन स्टोक्सको गर्दै छन् भने वेस्ट इन्डिजको कप्तानमा जेसन होल्डर छन् ।

प्रतिक्रिया दिनुहोस्