चिठा किन्ने तरिकाले भाग्यशाली सावित



सिडनी,(एजेन्सी)

दश लाख डलर भन्दा बढि लटरी ज्याकपट जित्न सफल एकजना अष्ट्रेलियाली महिलाले आफ्नो अनौठो तरिकाको चिठाको अंक छान्ने रहश्य खोलेकीछन् ।

नाम नखुलाइएकी भिक्टोरियाका वाटरवेज निवासी ति महिलाले हरेक साता टाट्स लोट्टो ड्रइंगका लागि दुईवटा टिकट किन्ने गरेकीछन् ।

उनी भन्छिन् , ‘ म हरेक साता दुईवटा चिठा किन्ने गर्छुं । एउटा टिकट परिवारका सदस्यहरुको जन्म तिथिका अंकहरुबाट लिने गरेकी छुं । अर्को टिकट म कुपनमा अंकबाट बनेको चित्रको माध्यमबाट अंक छनौट गर्दछुं । ’

हालै उनले यसरी चित्रका मार्फत छानेका अंक प्रयोग गरी किनिएको टिकटबाट १० लाख ७१ ह्जार ९२ डलर र ८१ सेन्ट धनराषिको ज्याकपट जित्न सफल भएकी हुन् ।

उनले आफ्नो पतिसंग बसेर सो रकम के मा खर्च गर्ने भन्ने योजना बनाइसकेको बताएकीछन् । तिनीहरुले केहि योजना अन्तर्गत सुन्दर घर किन्ने र विविध कारणवश हनिमुन मनाउन जान चाहेर पनि जान नसकेको ठाउँ अर्थात मेक्सिको घुम्ने विचार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्