आज १४८ जना नेपाली कतारबाट स्वदेश फर्कदै



न्युज अफ नेपाल, काठमाडौं।
कतारको राजधानी दोहाबाट आज बुधबार एक सय ४८ जना नेपाली स्वदेश फर्किदै छन् । दोहा स्थित नेपाली राजदुतावासका अनुसार तीन जना महिलासहित एक सय ४८ जना नेपाल स्वदेश फर्कदैछन् । आजको उडान दोहाबाट हुने एघारौँ उडान हो । ती नेपालीहरुलाई राष्ट्रिय ध्वजाबाहक जाहज नेपाल एयरलायन्सले ल्याउँदैछ ।

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप स्वदेश पठाईएको दुतावासले जनाएको छ । दुतावासका अनुसार जहाजमा कतारमा मृत्यु भएका २ जना नेपाली नागरिकको शव पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस्