सुन्दरी बन्न खोज्दा बाँदर्नी जस्तो देखिइन्



लन्डन, (एजेन्सी)

अझै सुन्दर देख्ने लोभमा बेलायतको ल्यान्कासायरको चोर्ली निवासी ओलिभिया म्याक्यान नामक एक सुन्दरीले आफ्नो ओठको प्लास्टिक सर्जरी गराउँदा झनै कुरूप देखिएपछि घरबाहिरै निस्कन छाडेकी छन् । उनले अहिले आफ्नो ब्वायफ्रेन्डसँग भिडियो कल गर्न र काममा जानसमेत बन्द गरेकी छन् ।

एकाइस वर्षीया म्याक्यानको ओठ अहिले बाँदरको थुतुनोजस्तै बाक्लो र भद्दा देखिएको छ । यस घटनाबाट महिलाहरूले कस्मेटिक उपचार गर्नुअघि निकै सोच चिार, अध्ययन र अनुसन्धान गर्नुपर्ने देखिएको छ । निकै सुन्निएको जस्तो देखिने उनको नयाँ ओठ हेर्दाहेर्दै प्याट फुट्ला जस्तो देखिन्छ ।

उपचारको क्रममा बेस्सरी मसाज गरिएको कारण आफ्नो ओठको त्यो हालत भएको उनले गुनासो गरेकी छन् । पेसाले फ्लाइट एटेन्डेन्स उनले कोरोना भाइरसको लकडाउन शुरू हुनु केही दिनअघि मात्र उपचार गराएकी थिइन् ।

भाग्यले उडानहरू बन्द गरिए पनि उनले दुई दिन बिदा लिनुपरेको थियो । उनले सन् २०१८ को अप्रिलमा पहिलोचोटि २ सय ३० पाउन्ड तिरेर ओठ मिलाउन लगाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्