कोरोनाबाट बच्न सुनको मास्क !



एजेन्सी ।
कोरोनाभाइरसको महामारीका बीचमा अहिले सामाजिक संजालमा सुनको मास्क लगाएका एक व्यक्तिको तस्वीर भाइरल भइरहेको छ ।

यी व्यक्ति भारतको महाराष्ट्रका गोल्डेन म्यान भनेर चिनिने शंकर कुराडे हुन । शंकरले बनाएको मास्कको तौल ५० ग्रामभन्दा धेरै भएको बताइएको छ । यो मास्क २ लाख ८९ हजार भारतीय रुपैयाँ मूल्यको भएको उनले बताएका छन् ।

शंकरका अनुसार यो मास्कमा साना साना प्वालहरु बनाइएको छ ताकि सास फेर्न कठिन नहोस् । यद्यपि यो मास्क प्रभावकारी हुन्छ वा हुँदैन भन्ने विषयमा आफू नै विश्वस्त नभएको उनले बताएका छन् ।

सुनका गहना लगाउन सौखिन शंकरले सामान्य समयमा पनि करिब ३ किलो सुनका गहना लगाएर हिँड्ने गरेको भारतीय सन्चारमाध्यमले जनाएका छन ।

प्रतिक्रिया दिनुहोस्