खानेपानीमा राजनीति



मुगु, (नेस)

कर्णाली प्रदेशबाट प्राप्त भएको खानेपानी योजना स्थानीयवासीको असहमतिका कारण अस्त–व्यस्त छ ।
योजनाका लागि रत्न योगी र बाँचे योगीले गाउँलेलाई बेवास्ता गरेपछि गाउँका ७२ घरधुरीले उपभोक्ता समितिका लागि खानेपानी कार्यालयमा मुद्दा दिएपछि कार्यालयले सो मुद्दा हेर्न वडा कार्यालयलाई पठाएको र वडा कार्यालयले हालसम्म पनि मुद्दा हेर्न नसक्दा योजना सञ्चालन हुन नसकेको स्थानीयवासीे भन्छन् ।

खत्याड गाउँपालिका–२ स्थित जोगी गाउँ लेखमा रहेको खानेपानी योजनामा स्थानीयवासीबीच सहमति हुन नसक्दा आर्थिक वर्ष सकिन लाग्दासमेत योजना सञ्चालनमा आउन सकेको छैन । ७५ घरधुरी रहेको जोगी लेख गाउँका लागि कर्णाली प्रदेशले ७ लाख बराबरको खानेपानी योजना दिए पनि निर्माण कार्य शुरू हुन सकेको छैन ।

योजनाका लागि उपभोक्ता समितिमा बसेका रत्न योगी र बाँचे योगीले कम्युनिस्ट पार्टीका कार्यकर्तालाई दिएको योजना अरूले सञ्चालन गर्न नपाइने भनेपछि आफूहरूले खानेपानी कार्यालयमा मुद्दा हालेको तथा खानेपानी कार्यालयले त्यो मुद्दा हेर्न वडा कार्यालयलाई भने पनि मुद्दा टुंगिन नसकेको मुद्दा दर्ता गराएका बुद्धिनाथ योगी र कालुनाथ योगीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्