मास्कका कारण मस्तिष्क मृत



पेरिस,(एजेन्सी)

फ्रान्सको दक्षिण पश्चिमी भागमा मास्क लगाउन अस्विकार गर्ने यात्रुहरको आक्रमणको कारण एउटा सार्वजनिक यात्रुवाहक बसका ड्राइभरको मस्तिष्क मृत भएको छ । प्रहरी सुत्रका अनुसार ति ड्राइभरले आइतवार राति बेयोन्नेमा टिकट नभएका र मास्क नलगाएका यात्रुहरुलाई आफ्नो बसमा नचढाउने ढिंपी गरेका थिए ।

थुप्रैले मुक्का बर्साएपछि नाम नखुलाइएका अन्दाजी पचास वर्षिय ति ड्राइभरको टाउकोमा गम्भीर चोट पुगेको थियो । यस सम्बन्धमा प्हरीले पाँच जना आशंकित व्यक्तिलाई गिरफतार गरेको छ । कोरोना भाइरस महामारीको कारण फन्सका सार्वजनिक यातायात साधनमा मास्कलाई अनिवार्य बनाइएको छ ।

ड्राइभर युनियनले सो समुहले साथमा कुकुर बसमा चढाउन खोजेकाले पनि आपत्ति जनाएके स्थानिय रेडियो स्टेसन फ्रान्स ब्लेउलाई बताएको छ । यस घटनाको विरोधमा ड्राइभरहरुले बस चलाउन अस्विकार गर्दा क्षेत्रिय बस सेवा प्रभाबित भएको छ । बेयोन्नेका मेयरले यस घटना प्रति गहिरो दुख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्