जन्मदिनमा एमएस धोनीको अर्थ कोरोनो सचेतना सन्देश



न्यूज अफ नेपाल, एजेन्सी ।
मुम्बई प्रहरीले पूर्व भारतीय क्रिकेट कप्तान एमएस धोनीलाई उनको जन्मदिनको अवसरमा ट्वीट गरेकाे सन्देशमा कोरोनो सचेतना सन्देशसँग जोडेका छन् । मुम्बई प्रहरीले मंगलबार धोनीको ३९औं जन्मदिनमा एउटा रचनात्मक पोस्ट लेख्दै बधाई दिएका हुन् ।
सामाजिक सञ्जालमार्फत् दिइएको उक्त बधाई सन्देशमा धोनीको पूरा नामको अर्थसँग कोरोना सचेतना सन्देश पनि जोडेका छन् । मुम्बई प्रहरीको आधिकारिक ट्वीटरमार्फत् मंगलबार पूर्व क्याप्टेन कूल धोनीलाई जन्मदिनको शुभकामना दिँदै उनका समर्थकहरुका लागि सामाजिक दूरी कायम राख्न महत्वपूर्ण सन्देश दिइएको हो ।

उक्त ट्वीटमा एक स्टेडियमको फोटो छ, जसमा क्रिकेटको स्टम्प, ब्याट, बल र ग्लोब्ज देखिन्छ भने साथमा एमएसडी पनि लेखिएको छ । उक्त ट्वीटमा ट्वीस्ट के छ भने एमएसडी अक्षरलाई सोसल डिस्टेन्सिगको महत्व सम्झाउन टाढा–टाढा लेखिएको छ । त्यसको तलतिर भने Maintain Social Distancing भनेर सन्देश दिइएको छ ।
सामाजिक दूरीलाई माहीको तरीकाले अपनाउनु भनेर – Stay ‘Not Out’, Stay Cool & Stump ह्याप्पी बर्थ डे क्याप्टेन कूल लेखिएको छ। मुम्बई प्रहरीको उक्त कलात्मक बधाई सन्देश अहिले भारतमा भाइरल भएको छ । साथै धोनीलाई उनको जन्मदिनमा बधाई दिन क्रिकेटहरु, विभिन्न क्षेत्रका हस्तीहरु लगायत समर्थकहरुको पनि अोइरो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्