एन्फा अध्यक्ष शेर्पा विरुद्ध अवहेलना मुद्धा



न्युज अफ नेपाल, काठमाडौं ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाविरुद्ध अवहेलना मुद्धा दर्ता भएको छ । अदालतले दिएको आदेशको परिपालना नगरेको भन्दै उहाँ विरुद्ध मंगलबार अदालतको अवहेना गरेको आरोप लगाईएको छ ।

अधिवक्ता सुजित केसीले अवहेलना मुद्धा दायर गर्नुभएको हो । रौतहटको चन्द्रपुर नगरपलिका ६ मा रहेको हातेमालो सामुदायिक वन उपभोक्ता समूहको जग्गामा एन्फाले बनाइरहेको महिला फुटबल एकेडेमीको काम यथास्थितिमा राख्नू भनी सर्वोच्च अदालते २०७६ माघ २२ गते अन्तरिम आदेश दिएको थियो । आदेशपछि पनि एन्फाले अदालतको आदेशअनुसार काम नरोकी निरन्तर अघि बढाएको दायर मुद्धामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्