मच्छिन्द्रनाथको रथारोहणमा रोक, गुठीयारद्वारा विरोध



न्युज अफ नेपाल, ललितपुर ।

गुठी संस्थान ललितपुरले भोलि तय गरिएको मच्छिन्द्रनाथको रथारोहणमा रोक लगाएको छ ।संस्थानले जिल्ला प्रशासन कार्यालय ललितपुरको मंगलबार बसेको बैठकको निर्णयलाई आधार मानेर रथारोहणमा रोक लगाएको हो ।

हाल पुल्चोकमा रथ निर्माण कार्य भने भईरहेको छ ।यस अघि संस्थानकै स्वीकृत लिएर बाराही र यँग्वालहरुले रथ निर्माण कार्य अघि बढाएको थियो ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनसहित नेवाः समुदाय विभिन्न जातीय समाजका प्रतिनिधिहरु बसेर भोलि असार २४ गते रथारोहण गर्ने निर्णय गरेको थियो । गुठी संस्थानले हठात तवरले निर्णय गरेको भन्दै ललितपुरका जातीय समाजले विरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्