ओली–प्रचण्ड वार्ता सकियाे, छलफललाई निरन्तरता दिने सहमति



न्युज अफ नेपाल, काठमाडौं ।
पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्न आज पनि प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई अध्यक्षबीचको छलफललाई जारी राख्ने सहमति भएको छ ।
प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले छलफल सकारात्मक ढंगले अगाडि बढेको न्युज अफ नेपाललाई जानकारी दिनुभयो । उहाँका अनुसार बुधबार पनि छलफल गर्ने र स्थायी कमिटी बैठक पनि बस्ने सहमति भएको छ । नेकपामा जारी विवादको सहमति खोज्नका लागि सोमबारको स्थायी कमिटी बैठक बुधबारसम्म स्थगित भएको थियो।

प्रतिक्रिया दिनुहोस्