मेसी बार्सिलोनामै बस्ने



मेड्रिड, (एजेन्सी)

लियोनल मेसीले बार्सिलोना अर्को सिजनको अन्त्यसम्म छाड्ने अडकललाई क्लबका अध्यक्षले नकारेका छन् ।
बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले मेसीले सोही क्लबबाटै फुटबल करियर समाप्त गर्ने बताएका हुन् ।

जोसेपले ३३ वर्षीय अर्जेन्टिनीले अर्को पटक सम्झौतामा नवीकरण नगर्ने विषयलाई हल्ला मात्रै भएको बताए । मेसीको ला लिगा क्लबसँग २०२१ मा सम्झौता अवधि समाप्त हुँदै छ ।

जोसेपले स्पेनी नेटवर्क मुभिस्टारलाई बताए– ‘हामीहरू धेरै खेलाडीसँग छलफल गरिरहेका छौं, तर मेसीले उनी बस्न चाहेको हामीलाई बताएका छन् । त्यसैले हामी उनीसँग धेरै समयका लागि रमाउन गइरहेका छौं ।’

जोसेपले क्याटालान क्लबको ला लिगामा भियारियलमाथि ४–१ को जितपछि सो प्रतिक्रिया दिएका थिए । यो जितसँगै ला लिगा अंकतालिकामा बार्सिलोनाले शीर्ष टोली रियाल मेड्रिडसँग ४ अंकको दूरी बनाएको छ ।

तर म्यानचेस्टर सिटीले अर्को सिजनमा मेसीलाई अनुबन्ध गर्न गइरहेको छ । यदि पेप गार्डिओला क्लबमा नरहेमा मात्रै यो सम्भव हुन सक्ने स्पेनी फुटबल विशेषज्ञ ग्राहाम हन्टरले बताए । उनका अनुसार सिटीका मेनेजर गार्डिओलाले इटिहाडको शैलीमा मेसी योग्य नहुने विश्वास गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्