अमेरीकामा अनलाइन कक्षा लिइरहेका विद्यार्थीलाई स्वदेश फर्काइदै



वासिंगटन (एजेन्सी) ।

कोरोना भाइरस महामारीका कारण सबै कक्षा अनलाइनबाट लिइरहेका विदेशी विद्यार्थीलाई अमेरिकी सरकारले आआफ्नो देश फर्काउने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको यस फैसलाले कुल १० लाख विद्यार्थीमा असर पर्ने छ ।

अमेरिकामा सबैभन्दा धरै विद्यार्थी चीनका छन् । त्यसपछि भारतका दुई लाख भन्दा धेरै विद्यार्थी यस निर्णयले प्रभावित हुने बताइएको छ । गेजुएसन वा पोस्ट ग्रेजुएसनका विद्यार्थीका लागि एफ १ र एम १ प्रकारको भिसा प्रदान गरिएको हुन्छ ।

अमेरिकी इमिग्रेसन एन्ड कस्टम एनफोर्समेन्ट डिपार्टमेन्टले उक्त निर्णय गरेको हो । कोरोनाभाइरसका कारण उत्पन्न परिस्थितिले उक्त कदम उठाउनु परेको बताइएको छ । विभागले जारी गरेको विज्ञप्तीमा भनेको छ – ती विद्यार्थी जसको सबै कक्षा अनलाईन भइसकेको छ , अब उनीहरु अमेरिकामा बस्न सक्दैन । यदि उनीहरुले यसको पालना गर्दैन भने उनीहरुले कानुनी कारवाही भोग्नु पर्नेछ ।

विज्ञप्तीमा जसको सबै कक्षा अनलाईन चलिरहेको छ भने ती विद्यार्थीका लागि अमेरिकी विदेश विभागले नयाँ भिसा जारी नगर्ने प्रष्ट पारेको छ ।

सन् २०१८ – १९ का लागि अमेरिकामा कुल १० लाख विदेशी छात्रले भिसा लिएका छन् । यो अमेरिकामा उच्च शिक्षा हासिल गर्नेको ५ दशमलव ५ प्रतिशत हो । सन् २०१८ मा अमेरिकाको विदेशी विद्याथीहरुबाट ४४ करोड ७० लाख डलर आम्दानी हुन्छ । यसमा सबैभन्दा धेरै विद्यार्थी चीनका छन् । त्यसपछि भारत, दक्षिण कोरिया, साउदी अरेबिया र क्यानाडाका विद्यार्थी पर्छन् ।

प्रतिक्रिया दिनुहोस्