पूर्व राजा शाहले जन्मदिन कसरी मनाउदै ?



न्युज अफ नेपाल, काठमाडाैँ ।

पूर्व राजा ज्ञानेन्द्र शाह आज ७४ औँ वर्षमा प्रवेश गरेका छन् । यस वर्ष पूर्व राजा शाहले जन्मदिन नमनाउने गत हप्ता एक सन्देश जारी गर्दै निर्णय गरेका छन् ।

उनले राष्ट्रको यो विषम स्थितिलाई दृष्टिगत गरेर आफ्नो जन्मदिनलाई उत्सवकारुपमा नमनाउने निर्णय गरेका हुन् ।

उनले सन्देशमा मुलुक अहिले कोरोनाबाट आक्रान्त रहेको उल्लेख गर्दै विदेशबाट फर्किने सबै नेपालीको श्रम, सिप र सामथ्र्यको सदुपयोग गरि आफ्नै देशभित्र इलम, उद्यम र काम धन्दाको व्यवस्था मिलाइनुपर्ने उल्लेख गरेका थिए ।

मुलुकमा लोकतन्त्र आउनुअघि राजाको जन्मदिवसका दिन सार्वजनिक बिदा हुने गरेको थियो । तर, २०६२–६३ को जनआन्दोलनपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले राजाका अधिकारहरु कटौति गरेको थियो । त्यसपछि उनको जन्मदिनमा सार्वजनिक बिदा दिन छाडियो ।

२०६५ साल जेठ १५ गते बसेको ऐतिहासिक संविधानसभाको पहिलो बैठकले मुलुकलमा रहेको राजतन्त्रको अन्त्य गर्दै विधिवत् रुपमा गणतन्त्र घोषणा ग-यो ।

त्यसपछिका पूर्वराजाले सर्वसाधारणकै हैसियतमा जन्मोत्सव मनाउँदै आएका छन् । २०५८ साल जेठ १९ गते भएको राजा वीरेन्द्रको वंशविनाशपछि उनका भाई ज्ञानेन्द्र राजा बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्