मोटोपनबाट कसरी जोगिने ?



गर्मी मौसम शुरु हुनासाथ अन्य विभिन्न रोगजस्तै पेटका बिरामी पनि बढ्ने गर्छन् । यो मौसममा मानिसको रोग–प्रतिरोधात्मक क्षमता पनि कमजोर भएको हुन्छ । चिकित्सकहरुका अनुसार गर्मी मौसममा ब्याक्टेरिया र भाइरसको वृद्धि तीव्ररुपमा हुन्छ, त्यसै गरी फैलिन्छन् पनि ।

पेटसम्बन्धी (ग्यास्ट्रोइन्टेस्टाइनल) रोगको एउटा मुख्य कारण भाइरस र ब्याक्टेरिया हो । पाचन प्रणाली, पेट, आहारनलीसँग सम्बन्धित रोगलाई ग्यास्ट्रोइन्टेस्टाइनल रोग भनिन्छ । यसअन्तर्गत, वाकवाक लाग्ने, पेट पोल्ने, कब्जियत हुने, ग्यास बढ्ने, पेट दुख्ने, इरिटेबल वावेल सिन्ड्रोम हुनेलगायतका समस्या हुन्छन् ।

ग्यास्ट्रोइन्टेस्टाइनलको समस्या सामान्य पेट दुखाइबाट शुरु हुन्छ । बिस्तारै लगातार उल्टी हुने, भोक नलाग्ने, पेट गह्रौँ हुने, ग्यास बढेर आउने आदि हुन्छ । यो रोग जुनसुकै उमेरका मासिनलाई पनि हुनसक्छ । तर गर्मी समयमा यस रोगले बालबालिका र बँढाबँढीलाई बढी सताउने गर्छ ।

गर्मीमा पेटको समस्याबाट कसरी बच्ने ?

भाइरस र ब्याक्टेरिया खाना, पानी, फोहोरको माध्यमबाट मानिसमा सर्ने र ग्यास्ट्रोइन्टेस्टाइनल समस्या गराउने भएकाले यसमा विशेष सावधानी अपनाउन जरुरी छ । मानिसले खानपानमा सावधानी अपनाएन भने छिटो–छिटो रोगको सिकार हुनुपर्ने स्थिति आउँछ । त्यसकारण पेटसम्बन्धी समस्याबाट बच्नका लागि व्यक्ति स्वयं सतर्क हुन जरुरी छ । यसका लागि पेटरोग विशेषज्ञले दिएका सुझावलाई मनन गर्न पनि जरुरी छ ।

विशेषज्ञका सुझाव

पेटसम्बन्धी समस्याबाट बच्नका लागि विशेषज्ञहरुले केही सुझाव पनि दिएका छन् । जस्तो : 

चार–पाँच घन्टाअघि बनाएको वा पाकेको खाना खाँदा पेटसम्बन्धी समस्या आउन सक्छ ।

खाना र पिउने पानी सधैँ छोपेर राख्ने, बाहिर खाना खानुपर्ने अवस्थामा खाना नछोपेको छ भने नखाने ।

राति तरकारी वा फल काटेर फ्रिजमा राखी बिहान नखाने । यसका साथै साँझमा मुछेको पिठो भोलिपल्ट प्रयोग नगर्ने ।

दैनिक तीन–चार लिटर पानी पिउने । शारीरिक श्रम बढी गर्ने र घाममा काम गर्नेले दैनिक पाँच लिटरसम्म पानी पिउने गर्नुपर्छ ।

घाम लागेको बेला बाहिर जानका लागि टाउको ढाकेर मात्र निस्कने । यसका लागि टोपी, छाता, कपडा आदिको प्रयोग गर्न सकिन्छ ।

बाहिर खुला ठाउँमा राखिएका सर्वत, उखुको जुस, बेल वा आँपको जुस, मिल्क सेक, सोडा वा चिसो पेयपदार्थ आदि नपिउने । यदि पिउन नै मन लागेको छ भने घरमै बनाएर पिउने ।

खानामा प्रायः दही, मही, ताजा फलको रस, कागती–पानी, ग्रीन टि आदि तरल खाद्यवस्तु खाने गरौँ ।

धेरै तेल, मसला प्रयोग भएका र जीउमा गर्मी पैदा गर्ने किसिमका खाना नखाने ।

काँचो सलादमा जोड दिने ।

मौसमअनुसारका फल, तरकारी, आँप, खरबुजा, मेवा, काँक्रो, गाजर, लौका, रामतोरिया आदिमा जोड दिने ।

पेट निकै दुखेको अवस्थामा आफैँले औषधि लिनुको सट्टा चिकित्सकसँग सम्पर्क गर्ने ।

लगातार चार घन्टासम्म उल्टी भयो, पखाला लाग्यो, पेट दुख्यो भने चिकित्सकलाई तुरुन्तै सम्पर्क गर्नुपर्छ । यस्ता समस्या हेर्दा सामान्य देखिन्छ तर यसमा हेलचेक्र्याइँ गरेमा यसले ज्यान नै लिन पनि सक्छ ।

प्रतिक्रिया दिनुहोस्