लकडाउनमै एकीकरण भए चार वटा सहकारी



मोतीराम तिमल्सिना,काभ्रे ।

लकडाउनका कारण मुलुकको अर्थतन्त्र र नागरिकहरुको दैनीक जनजीवन असहज भईरहेका बेला काठमाडौ उपत्यका र काभ्रे जिल्ला कार्यक्षेत्र भएका चार ठुला सहकारीले एकिकरण घोषणा गरेका छन् ।जिल्लाको ठुलो नेपाल बैकबाट कारोवार गर्न अनुमति प्राप्त मनकामना बचत तथा ऋण सहकारी संस्था लि. बनेपा ७, नमस्कार महांकालज्योती वहुउद्धेश्यीय सहकारी संस्था लि. बनेपा–८, काभेपलाञ्चोक, सिद्धार्थ बहुमुखी सहकारी संस्थालि. पनौती–६ काभे्रपलाञ्चोक र पद्यमश्री बचत तथा ऋण सहकारी संथालि. मध्यपुर ठिमी न.पा.–३ कौशलटार भक्तपुरका विच एकीकरणको घोषणा भएको हो ।

चारवटा सहकारी एकिकरण भई एकीकृत संस्थाको नाम मनकामना बचत तथा ऋण सहकारी संस्था लि. रहने सहमति भएको छ । असार २१ गते सम्पन्न एकीकरणको अन्तिम घोसणा कार्यक्रम बनेपा स्थित पञ्चकन्या बैन्क्वैटमा सम्पन्न भएको थियो । कार्यक्रमको सभापतित्व मनकामना साकोसका अध्यक्ष बालकृष्ण दाहालले गर्नुभएको थियो भने कार्यक्रममा बागमति प्रदेश सहकारी संयोजक तथा सहकारी अभियान्ता उद्धव सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै सहकारी अभियानकर्मी उद्धव सापकोटाले एकीकरणको प्रकृयाको विषय, एकीकरणको आवस्यक्ताको औचित्य रहेको बताउनु भएको थियो । कार्यक्रममा मनकामना साकोसका प्रवन्धक राजकुमार दाहालले एकीकृत संस्थाको भावि कार्यक्रम र एकीकृत संस्थाको वासलात र वित्तीय विवरणको बारेमा जानकारी गराउनुभएको थियो ।

संस्थाको कार्यक्षेत्र काभे्रपलाञ्चोक, भक्तपुर, ललितपुर र काठमाडौं जिल्ला भरि रहने गरी प्रकृया अगाडी बढाउने, संस्थाको वासलात १ अर्व ४० करोडको रहने, जगेडा कोष र अन्य कोष गरि ७ करोड रहने, शेयर पूँजी करिव १७ करोड रहने, शेयर सदस्य करिव ६ हजार ४ सय रहने, केन्दीय कार्यालय सहित ५ ठाउबाट सेवा सञ्चालन गरीने समेत जानकारी गराउनु भएको थियो ।

एकीकृत सहकारी संस्थाको तदर्थ सञ्चालक समिति, लेखा समिति तथा कर्मचारी ब्यवस्थापनका बारेमा मनकामना साकोसका सल्लाहकार तथा एकीकरणको संयुक्त कार्यदलका संयोजक राजकुमार हुमागाँईले सभामा घोसणा गर्नुभएको थियो ।

मनकामना साकोसका अध्यक्ष बालकृष्ण दाहाल तदर्थ समितिको अध्यक्ष, उपाध्यक्ष र सह–सचिव नमस्कार महांकालज्योती बाट क्रमस गोपाल प्रसाद घिमिरे र विकाश शर्मा तिमल्सिना, सचिव पद्यमश्री साकोसबाट होमनाथ ढुंगेल, कोषाध्यक्ष र लेखा समिति संयोजक सिद्धार्थ सहकारीबाट क्रमस विदुरप्रसाद घिमिरे र मोटप्रसाद सापकोटा र अन्य सदस्यहरुमा चारैवटा संस्थाबाट प्रतिनिधित्व हुने गरी घोसणा गर्नुभएको थियो ।

त्यसै गरी एकीकृत संस्थामा कर्मचारी ब्यवस्थापन अन्तर्गत एकीकृत संस्थाको प्रमुख कार्यकारी अधिकृत मनकामनाका प्रवन्धक राजकुमार दाहाल, बरिष्ठ प्रवन्धक नमस्कार महांकाल ज्योतीका सुजन जंगम, प्रवन्धक मनकामनाका सिताराम तिमल्सिना रहने तथा अन्य पदहरुमा अधिकृत÷स.अधिकृत छैटौँ तह देखी तह तिन सम्मका २६ जना कर्मचारीको ब्यवस्थापन गरिएको छ ।

एकीकरण प्रकृयालाई टुंग्याउन चालु आर्थिक वर्षको लेखापरिक्षण सम्पन्न भए पश्चात अन्य आवस्यक कागजात तयार गरी बागमती प्रदेश भुमि ब्यवस्था, सहकारी, कृषि तथा गरिविनिवारण मन्त्रालयमा श्रावण महिनाको दोस्रो हप्तामा प्रमाण पत्रका प्रकृयामा जाने अध्यक्ष दाहालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्