चीनको विस्तारवादी सोच !



एजेन्सी ।
वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भारत र चीन बीच तनाव भइरहेको छ। यसैबीच, दक्षिण चीन सागरमा चिनियाँ नौसेना युद्धाभ्यासको तस्वीर पनि सार्बजनिक भएको छ।

ग्लोबल टाइम्सले जुलाई १ देखि चलिरहेको युद्दको तस्बिरसहित लेखेको छ– ‘चीनको दक्षिणी, उत्तरी र पूर्वी थिएटर कमाण्डले दक्षिण चीन सागर, पहेलो समुद्र र पूर्वी चीन सागरमा आफ्नो नौसैनिक दक्षता देखाएको छ।’

ग्लोबल टाइम्सका अनुसार यस अभ्यासमा ०५४ ए फ्रिगेट र ०५२ डी निर्देशित मिसाइल विनाशकहरू राम्रोसँग प्रयोग भएका थिए।

भारतसँग चलिरहेको तनावको बीचमा चीनबाट आएका यी तस्बिरहरू आफ्नो शक्ति प्रदर्शन गर्ने उपक्रम हुन् भनिएको छ तर रक्षा विज्ञहरूले यसलाई चीनको विस्तारवादी सोचको नमूना ठान्दै आएका छन्। विज्ञहरूका अनुसार चीनले केवल गाल्भानलाई मात्र नभई दक्षिण चीन सागरका टापुहरूमा पनि हेरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्