रकेट प्रक्षेपण असफल



  • अकल्यान्ड,(एजेन्सी)

न्युजिल्यान्डबाट रकेट प्रक्षेपण गर्ने काम गर्दै आएको अमेरिकन लन्च कम्पनीको पछिल्लो मिसन असफल भएको छ । रकेट ल्याव नामक यस कम्पनीले नर्थ आइल्यान्डको माहिया प्रायद्विपबाट प्रक्षेपण गरिएको इलेक्ट्रोन भेहिकल असफल भएको औपचारिक जानकारी दिएको छ ।

त्यसमा राखिएका भूयपग्हका सम्पूर्ण उपकरण ध्वस्ट भएको अनुमान गरिएको छ । यस दुर्घटनामा जापानको क्यानोन इलेक्ट्रोनिक्स र अमेरिकाको क्यालिफोर्नियाको प्लानेट ल्याव्स कम्पनीको इमेजिंग स्पेसक्राफ्ट तथा वेलायतको इन – स्पेस मिसन्स नामक प्रविधि प्रदर्शन प्लेटफर्म पनि नष्ट भएको बताइउको छ । रकेट ल्यावका प्रमुख कार्यकारिणी अधिकारी पिटर बेकले आफ्ना ग्राहकहरु समक्ष क्षमायाचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्