ओलीको प्रस्तावले देउवा दंग : भन्छन् ज्योतिषले ७ पटक प्रधानमन्त्री बन्नुहुन्छ भनेको छ



न्युज अफ नेपाल,काठमाडौँ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आन्तरिक विवाद चुलिएपछि पार्टी बिभाजनको चर्चा चलिरहेको छ । यस्तैमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकताका लागि भईरहेको अन्तिम छलफल लगभग असफल भएको छ ।

यहीबीचमा प्रधानमन्त्री ओली सत्ता जोगाउन अनेक उपायहरु अपनाउन खोजिरहेका छन् । नेकपाको स्थायी कमिटीमा प्रधानमन्त्रीको राजीनामा मागिएपछि ओली पार्टी फुटाउन तम्सिएका हुन् । यसैबीच उनले सत्ता समीकरणका लागि नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासंग गोप्य छलफल गरेपछि सरकारमा भागबण्डाका लागि सुवास नेम्वाङलाई दूतका रुपमा भेट्न पठाएका छन् ।

ओलीको दूतका रुपमा नेम्वाङले देउवालाई गृह र अर्थ मन्त्रालय कांग्रेसलाई दिने प्रस्ताव पेश गरेका छन् । करिब दुई तिहाई बहुमतको सरकार आन्तरिक कलहका कारण प्रमुख प्रतिपक्षी दलसंग सत्ता साझेदारी गरेर अगाडी जाने सोँचमा पुगेको हो । अघिल्लो चुनावमा आफूलाई ज्योतिषीले सात पटक प्रधानमन्त्री बन्ने भनेकाले आफू नै आगामी प्रधानमन्त्री हुन्छु भन्ने अभिव्क्तिले देउवालाई चर्चामा ल्याएको थियो ।

आजको भेटमा नेम्वाङ संग ठट्टा गर्दै ज्योतिषीले ७ पटक प्रधानममन्त्री बन्नुहुन्छ भनेको थियो तपाई यस्तो प्रस्ताव ल्याउनु हुन्छ भनेको बताए । तर आफुले कुनै वचन नदिएको देउवाले बैठकलाई जानकारी गराए । यस विषयमा केन्द्रीय सदस्य डा मिनेन्द्र रिजालले समन्वय गरेकाले उनैलाई धेरै कुरा थाहा भएको देउवाले बताए ।

प्रतिक्रिया दिनुहोस्