कांग्रेसलाई महत्वपूर्ण मन्त्रालय दिएर सरकार बनाउने ओलीको प्रस्ताव



न्युज अफ नेपाल, काठमाडौं ।

सत्तारुढ दल नेकपाभित्रको शक्ति संघर्ष उत्कर्षमा पुगिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसलाई सरकारमा सहभागी भए महत्वपूर्ण मन्त्रालय दिने प्रस्ताव गर्नुभएको छ । प्रधानमन्त्री ओलीले दलका संसदीय दलका उपनेता सुवास नेम्वाङलाई सन्देश पठाउदै मन्त्रालय सहित सरकारमा आउने प्रस्ताव गरेको खुलासा भएको छ ।

नेम्वाङले कांग्रेसका सभापति शेर बहादुर देउवालाई भेटेर अर्थ र गृह मन्त्रालय सहित लिएर सरकार गठन गर्ने प्रस्ताव राखेको पार्टीको पदाधिकारी बैठकमा राखेको बताइएको छ । सभापति देउवाको भनाई उदृत गर्दै देउवाको सचिवालले भन्यो–अब नेकपा फुटदैछ, सरकारमा सहभागी हुन प्रस्ताव आएको छ, तयारी अवस्थामा बस्न प्रस्ताव आएको छ ।’

शनिवार मन्त्रीपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले पार्टी विभाजन हुन सक्ने विषयमा मन्त्रीहरुलाई जानकारी गराउनुभएको थियो । आइतवार ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको वार्तामा पनि कुनै सहमति जुटन सकेन् । दलभित्र असमझदारी बढदै गएको बेला ओलीले कांग्रेसँग मिलेर सरकार गठन गर्ने विषयलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्