कोरोना खोप विकासमा भारतको हतार विवादमा



  • नयाँदिल्ली (एजेन्सी)

विश्वभरी कोरोना भाइरस विरुद्ध खोप विकासको होड चलिरहेको छ । यस क्रममा खोप विकासमा कसले कसलाई उछिन्ने र त्यसको आर्थिक तथा राजनितिक फाइदा लिने भित्री अभिलाषा सबैतिर ब्याप्त देखिएको छ । भारतमा पनि खोप विकासलाई लिएर विवादास्पद कुराहरु बाहिर आइरहेका छन् ।

छोटो अवधि अगस्ट १५ सम्ममा कोरोना खोप लन्च गर्ने घोषणालाई लिएर भारतमा चर्को वहस चलिरहेको छ । यसबीच कोरोनाको मेड इन इन्डिया भ्याक्सिन ल्याउने समाचारलाई लिएर इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)ले शनिबार सफाई दिएको छ ।
काउन्सिलका महानिर्देशक बलराम भार्गवले भने – भारतिय नागरिकको सुरक्षा र उनीहरुको हित हाम्रो सबैभन्दा ठुलो प्राथमिकता हो ।

म्रो पुरानो पत्रमा जाँच तथा परीक्षणमा अनावश्यक बाधा अडचनबाट बच्ने प्रयास हुनु पर्ने भनिएको थियो । आवश्यक प्रक्रिया नपन्छाइकन परीक्षणमा तिब्रता ल्याउनु पर्छ ।खोपको क्लिनिकल परीक्षण लगायत अन्य पक्रियाको अवस्था नखुलाईकन अगस्ट १५ मा खोप लन्च गर्ने घोषणालाई लिएर भारतमा सबैतिरबाट आलोचना भएको थियो ।

भारतको स्वतन्त्रता दिवस अगष्ट १५ लाई चयन गर्नु राम्रो दिन हो तर औषधीको सवालमा यसको विश्वसनियता महत्वपुर्ण हुने विज्ञहरुले बताएका छन् ।समय भन्दा पहिला खोप निकाल्नुले फाइदा भन्दा धरै नोक्सान हुने उनीहरुले चेतावनी दिएको छ । सन् १९५५ मा ओरिजिनल साल्क पोलियोको खोपमा पनि हतार गरिएको थियो, तर यसको कुनै राम्रो परिणाम प्राप्त भएन ।

ठुलो परिमाणमा खोपको निर्माणमा भएको गडबडीका कारण ७० हजार भन्दा बढी बच्चा पोलियोको चपेटामा आएको थियो र १० बच्चाको मृत्यु भएको थियो । भारतको कोरोना भाइरस विरुद्धको पहिलो उक्त खोप कोभ्याक्सिनलाई हालै मात्र हैदराबादको फर्मा कम्पनी भारत बायोटेकले तयार गरेको हो । यसलाई आईसीएमआर र नेसनल इन्स्टिच्युट अफ भायरोलोजी, पुणेसँग मिलेर बनाइएको हो । जनावरमा यसको परीक्षण सफल भएको छ । मानवमा परीक्षणका लागि हालैमात्र स्विकृती प्राप्त भएको छ । यो परीक्षण यसै महिना शुरु हुने छ ।

प्रतिक्रिया दिनुहोस्