ओली र प्रचण्डबीच छलफल सुरु

निर्णायक छलफल हुने



न्युज अफ नेपाल, काठमाडौं ।
पार्टीको आन्तरिक विवाद चुलिएको बेला नेकपाका दुई अध्यक्षबीच छलफल सुरु भएको छ । आज आइतबारको बैठक निर्णायक हुने आँकलन गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छलफलमा हुनुहुन्छ ।

शनिबार बस्ने भनिएको स्थायी कमिटी बैठक पनि सोमबारसम्मका लागि स्थगित भएको छ भने शनिबार दुई अध्यक्षबीच हुने भनिएको छलफल पनि हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्