कोरोना भाइरस र नेपाली चलचित्रमा लम्साल प्रथम



चलचित्र पत्रकार संघ नेपालले कोरोना भाइरस र नेपाली चलचित्र विषयक लेखन प्रतियोगिता आयोजना गरेको छ।

प्रतियोगितामा पत्रकार धु्रव लम्साल प्रथम भएका छन्। त्यसै गरी विष्णु शर्मा र मनोज न्यौपाने क्रमशः द्वितीय र तृतीय भएका छन्। पत्रकार रीना मोक्तान सान्त्वना स्थान प्राप्त गर्न सफल भएकी छिन्।

संघले आह्वान गरेको कोरोना भाइरसले नेपाली चलचित्र क्षेत्रमा पारेको प्रभाव, उत्पन्न समस्या र त्यसको समाधानसहितको शोधखोज र वस्तुगत तथ्यांकमा आधारित प्रतिवेदन, लेख रचना तथा धारणा संघमा उपलब्ध भएका मध्ये छनोट समितिले १३ लेख (सर्ट लिस्ट) निकालेर छनोट प्रक्रिया शुरू गरेको थियो। छनोट समितिले त्यसमध्ये पनि मापदण्ड पूरा भएका ८ लेखबाट मूल्यांकन गरेको थियो।

नेपाली चलचित्र क्षेत्रको वर्तमान वस्तुस्थिति र अब कसरी यो क्षेत्र सहज हुन सक्छ भन्ने सम्भावनालाई समावेश गरी चलाइएको यो अभियानले चलचित्र पत्रकारमा लेखन वृत्तिको अभ्यास र प्रोत्साहन हुने संघको ठहर छ।

प्रतियोगितमा उत्कृष्ट ४ लेखका लेखकलाई अनुकूल समयमा कार्यक्रम आयोजना गरी पुरस्कृत गरिने संघका अध्यक्ष दिनेश सिटौलाले जानकारी गराए। विजयीहरूलाई क्रमशः पन्ध्र, दश र पा“च÷पा“च हजार रुपिया“ (करबाहेक) र प्रमाणपत्र प्रदान गरिने भएको छ। छनोट गरिएका लेख सञ्चारमाध्यममा प्रकाशन गरिने व्यवस्था संघले मिलाउनेछ ।

लेखन प्रतियोगिताको छनोट समितिमा संघका पूर्व अध्यक्षद्वय विदुर गिरी र शान्तिप्रिय, पत्रकार तथा फिल्म निर्देशक दीपेन्द्र लामा तथा संघका कार्यक्रम उपाध्यक्ष जीवनकुमार पराजुली र महासचिव समीर बलामी रहेका थिए।

प्रतिक्रिया दिनुहोस्