सरल स्वभावका मेसीलाई किन रिस उठ्यो त ?



न्युज अफ नेपाल, काठमाडौं ।

लियोनल मेसीले किन बार्सिलोना छाड्दैछन् भन्ने विषयमाथि अहिले विश्व फुटबलमा व्यापक चर्चा भइरहेको छ । बार्सिलोनाबाटै करियर समाप्त गर्ने भन्दै हिडिरहेका हुन् मेसी । अझ ब्राजिली स्ट्राइकर नेयमारलाई पीएसजीबाट फर्काउन कोशिस गरिरहेका व्यक्ति हुन् उनी । जसको मनमा डाहा छैन, रिस छैन, सरल स्वभावका व्यक्ति मेसीलाई किन रिस उठेको छ त ?

पहिलो त मेसीलाई बार्सिलोनामा भइरहेको गतिविधिमा दोषी ठहराएको छ । उनलाई गम्भीर आरोप लागेको छ कि उनले नै मेनेजरको रोजाई र बर्खास्त गर्छन् । नेपालमा इनफ इज इनफको अभियान चलिरहेको जस्तै मेसीको मामिलामा पनि इनफ इज इनफ लागु भएको छ ।

स्पेनी रेडियो स्टेसनको कार्यक्रम एल लाग्र्वेरोमा उनले बताए कि अर्को सिजन उनले बार्सिलोना छाड्दैछन् । यसको पछाडि के छ त ? किन यस्तो भयो त ? सुत्रको अनुसार मेसीलाई फ्रेन्च युवा खेलाडी एन्टोइन ग्रीजम्यानसँग तालमेल नमिलेको आरोप छ । जबकी उनीहरु परिवार परिवार नै डिनर खान जान्छन् भनेर स्पेनी मिडियाले हालै मात्र खुलासा गरेको थियो ।

अर्को कुरा मेसीले पछिल्लो पटक सम्झौता नवीकरण गर्दा नै सिजनको अन्त्यमा क्लब छाड्न पाउने अनुमति पाएको थियो । उनी विशेषगरी बार्सिलोनाबाटै युरोपमै प्रतिस्पर्धा गर्न रुचाउछन् । तर कसैलाई भविष्यप्रति चिन्ता भएमा उनले समाधान पक्कै खोज्छन् पनि ।

उनको अहिले नयाँ कोच क्विके सेटिनसँग कुरा मिलिरहेको छैन । उनीहरुबीच तालमेल नमिलेको भिडियो पनि कति पटक सार्वजनिक भइसकेको छ । सेटिनको नेतृत्वमा पछिल्ला तीन खेल बराबरी खेलेकोले बार्सिलोनाले ला लिगा उपाधि दौडमा रियाल मेड्रिडसँग ४ अंकले पछि पर्नु परेको छ । मेसी नयाँ कोचसँग खुशी छैनन् भन्ने कुरा नै मिडियामा आइरहेको छ। मेसी स्वयमले पनि कोरोनाभाइरसले स्थगित भएको ला लिगा शुरु भएयता एक गोल मात्रै गरेका छन् ।

शुरुवाती दिनमा पनि मेसीको लागि स्पेनमा बस्ने कठिन भएको थियो । उनले स्पेनी ब्युरोक्रेसीसँग लडाइ लडेका थिए । उनी त्यस समयमा इटालियन क्लब इन्टर मिलानमा झण्डै ट्रान्सफर भइसकेका थिए । इन्टर मिलानले १५० मिलियन युरो र उनको तलब तीन गुणा तिर्ने समेत तयारी गरेको थियो । तर मेसीले अध्यक्ष जोयान लापोर्टाको कुराले गर्दा कहिल्यै कहि नजाने मन बनाएका थिए ।

त्यस्तै कर छलेको ट्रायलले पनि मेसी र उनका परिवारलाई बार्सिलोना र स्पेन नै छाड्नु पर्ने जस्तो स्थितिमा पुर्‍याएकोे थियो । तर पछि सबै सामान्य भइसकेपछि उनी टे«निङमा फर्केका थिए । उनले त्यतिबेला कमसेकम म्यानचेस्टर सिटीलाई पनि रोज्न सक्ने थिए । किनभने इंग्लिस क्लबका मेनेजर पेप गार्डिओला थिए ।

अब तेस्रो पटक फेरि मेसीको बार्सिलोनाप्रति वितृष्णा भएको छ । हालको प्रदर्शनले बार्सिलोनाले ला लिगा पनि जित्न सकिँदैन र च्याम्पियन्स लिग जित्न सक्ने खालको टिम बनेको छैन । अहिलेको प्रदर्शन पर्याप्त भएको छैन । बार्सिलोनलाई पहिलेकै लयमा फर्काउने हो भने सबै शत्रुता छाडेर जाबीलाई कोच बनाउनुपर्ने कुरा उठेको छ । अर्को वर्ष हुने क्लबको चुनावमा भिक्टोर फोन्टले उम्मेदवारी दिँदैछन् । यदि उनी जिते भने जाबीलाई कोच बनाउने पनि पक्का रहेको क्लबले जनाएको छ । यदि यस्तो भएमा मेसीले फेरि पनि बार्सिलोना छाड्ने छैनन् ।

प्रतिक्रिया दिनुहोस्