पाकिस्तानी विदेशमन्त्री कोरोना संक्रमित



इस्लामाबाद (एजेन्सी)
पाकिस्तानका विदेशमन्त्री शाह महमुद कोरोना भाइरस संक्रमित भएका छन् । शुक्रबार राती उनी कोरोना पोजिटिव पाइएको हो । कुरैसी आफैले ट्विटरमा यसको जानकारी दिएका हुन् ।
उनले ट्विटमा भनेका छन् – मलाई हल्का ज्वरो आएको थियो । मैलै आफै क्वारेन्टाइन गरेको छु । अब टेस्ट नतिजा पोजिटिव आएको छ । म आफनो काम घरबाटै गर्ने छु । मेरो लागि प्रार्थना गर्नुहोला । पाकिस्तानमा दुई पुर्व प्रधानमन्त्री लगायत रेल मन्त्री शेख रसिद र अन्य नेताहरु पनि कोरोना संक्रमित भइसकेका छन् ।
पाकिस्तानमा २ लाख २३ हजार भन्दा धरै कोरोना संक्रमित भइसकेका छन् । कोरोनाबाट ४ हजार ५ सय ९३ को मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्