बार्सिलोना छाड्ने मनसायमा मेसी



मेड्रिड, (एजेन्सी) । 

बार्सिलोनामा करियर सकाउने तय गरेका लियोनल मेसीले एकाएक सोही स्पेनी फुटबल क्लब छाड्ने मन बनाएका छन् ।

अर्जेन्टिनी स्टारको बार्सिलोनासँग सम्झौता अर्को साल २०२१ मा सकिँदैछ । ३३ वर्षीय मेसीले क्लबसँग सम्झौता पत्रमा नवीकरण नगर्ने स्पेनी रेडियो स्टेसन कडेना सेरले जनाएको हो । सोही रेडियो स्टेसनको अनुसार उनीमाथि स्पोर्टिङ मेनेजेर एरिक अबिदाल र पूर्व प्रशिक्षक एर्नेस्टो भेलभेर्देसँग विवाद लागिरहेको छ ।

मेसीले बार्सिलोनाका लागि १८ वर्षको उमेरमा अक्टोबर २००४ मा डेब्यु गरेका थिए । त्यो समयदेखि सोही क्लबका लागि खेलेर उनले धेरै कीर्तिमान समेत राखेका छन् । उनले हालै मात्र ७ सय गोल समेत गरेका हुन् । उनले क्लबलाई १० ला लिगा र ४ यूएफा च्याम्पियन्स लिग गरी ३४ उपाधि दिलाएका छन् ।

यही वर्षको जनवरीमा एर्नेस्टो भेलभेर्देलाई बार्सिलोनाको प्रशिक्षकबाट हटाउनु नै मेसी र स्पोर्टिङ मेनेजर अबिदालबीच अनबन भएको हो । अबिदालले धेरै जसो खेलागठी भेलभेर्देसँग खुशी छैन भनेर भन्दा मेसीले यसको जवाफ दिएका थिए । उनले नाम नलिइकन कसैलाई आरोप लगाउनु र आलोचना गर्न ठिक नभएको बताए । यही विवादपछि नै मेसी र अबिदालबीचको सम्बन्ध चिसियो ।

मेसीले अब धेरै फुटबल खेल्न नसक्ने संकेत पनि दिएका छन् । उनले बेलन डीओर पुरस्कार जित्दा भनेका थिए—१० साल बितिसक्यो । जब मैले पहिलो पटक यो सम्मान हासिल गर्दा म २२ वर्षको थिएँ । म यहाँ आफना तीन भाइसँग आएको थिएँ । मलाई अर्को केही वर्ष फुटबल खेल्ने आशा छ । मलाई थाहा छ रिटायरमेन्टको समय नजिकिएको छ । यसैले म हरेक क्षणमा बाँचिरहेको छुँ ।

प्रतिक्रिया दिनुहोस्