अवतरण गर्ने क्रममा निगमको जहाजमा चरा ठोकियो



काठमाडौं, (नेस)

नेपाल वायुसेवा निगमको जहाजमा चरा ठोक्किएको छ । कुवेतबाट आएको ए ३३० कलसाइनको एयरबसमा बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चरा ठोकिएको हो ।

जहाजमा चरा ठोकिँदा मानीवय क्षति नभएपनि जहाज ग्राउन्डेड भएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । निगमको इन्जिनियरिङ विभागले क्षतिबारे अध्ययन गरिरहेकाले मर्मत गरी पुनः उडान गर्न केही दिन लाग्ने उहाँले बताउनुभयो ।

नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले भन्नुभयो– ‘हामीले अहिले ३३० जहाजमार्फत विदेशबाट यात्रु ल्याइरहेका छौं । यो जहाज ग्राउन्डेड भएपछि उडान तालिका केही प्रभावित हुन्छ ।

तथापि, हामीसँग ३३० अर्को पनि जहाज भएको हुँदा उडान तालिका मिलाउन सकिन्छ । रियादलगायतका २÷३ उडान प्रभावित हुन सक्छ । ’

 

प्रतिक्रिया दिनुहोस्