७ दिनदेखि अनसनरत अभियन्ता ‘ई’को स्वास्थ्यमा समस्या,ह्याम्स हस्पिटल लगियो (फोटोफिचर)



न्युज अफ नेपाल,काठमाडौं ।

बिगत ७ दिनदेखि आमरन अनशन बसेका सामाजिक अभियन्ता ‘ई’ र पुकार बमको स्वास्थ्यमा समस्यादेखिएपछि ह्याम्स हस्पिटल धुम्बाराही लगिएको छ । उनीहरु ललितपुरको पाटन दरबार स्क्वायरमा ७ देखि दिन देखि अनसनमा थिए ।

कोरोना महामारीजस्तो जीवन मरणको सवालमा भ्रष्टाचार रोक्नुपर्ने, संक्रमितको उपचारमा खटिने स्‍वास्थ्यकर्मीको सुरक्षाको ग्यारेण्टी गर्नुपर्ने, अस्पतालको क्षमता वृद्धि गर्नुपर्ने, कोरोना नियन्त्रणको लागि अत्यधिक स्रोत र साधन प्रयोग गर्नुपर्ने र सर्वोच्च अदालतको फैसला कार्यन्वयन गर्नुपर्ने उनको माग छ ।

पछिल्लो समय पीसीआरको क्षमता बढाउनुपर्ने, क्वारेन्टिनस्थलहरु व्यवस्थित बनाउनु पर्ने भन्दै उनी ‘इनफ इज इनफ’ अभियानमा सक्रिय थिए ।

तस्वीर : उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्