दिपाको बचाउ गर्दै सहकर्मी दिपकले भने ‘अन्तर्वार्तादेखि होसियार’



न्युज अफ नेपाल, काठमाडौँ ।

चर्चित हास्यकलाकार दिपाश्री निरौलाले दिएको एक अन्तर्वार्ता अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । सो अन्तर्वार्तामा निरौलाले महानायक राजेश हमाल महानायकको उपाधिका लागि सहि व्यक्ति नभएको आशय राखेकी छन् ।

राजेश हमालविरुद्ध बोलेकी निरौला विवादमा तानिएसँगै सहकर्मी दिपकराज गिरीले फेसबुकमा स्टाटस लेखेका छन् । पत्रकारले जानीजानी विभिन्न प्रश्न खडा गरेर टीआरपीका लागि कलाकारलाई अन्योलमा पार्ने गरेको गिरीले बताएका छन् । सबै पत्रकारको नियत राम्रो नहुने बताउँदै कलाकार समेत सचेत रहनुपर्ने गिरीले बताएका छन् ।

‘अन्तर्वार्ताका लागि फोन आउछ भने खुशि होइन, होशियार होऔ, सकेसम्म टारौ,’ गिरीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्