१८ जना जुवाडे पक्राउ



स्याङ्जा, (नेस)

स्याङ्जामा एकैदिन दुई छुट्टा छुट्टै ठाउँबाट तास खेलिरहेका १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुतलीबजार नगर–१ नारायणथानस्थित अगन्धर अधिकारीले सञ्चालन गरको लक्ष्मी खाजाघरमा जुवातास खेलिरहेका ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

खाजाघर खसञ्चालक अधिकारीसहित ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । उनीहरूका साथबाट ८ हजार ५ सय ३० रुपियाँ नगद बरामद गरिएको प्रहरीको भनाइछ ।

त्यस्तै पुतलीबजार नगरपालिका–१ कै नारायणस्थानस्थित राजन श्रेष्ठले सञ्चालन गरेको शशि खाजाघरमा जुवातास खेलिरहेका ११ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूका साथबाट ५९ हजार ८ सय ३५ रुपियाँ बरामद गरिएको जिल्ला प्रहरी कार्याय स्याङजाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

पक्राउ परेका सबैलाई ‘सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्धको कसूरअन्तर्गत जुवा कसूर’ सम्बन्धी मुद्दा दायर गरिएको प्रवक्ता अधिकारीले बताउनुभयो । पक्राउ परेकालाई सात दिनको म्याद थप गरी अनुसन्धान शुरू गरिएको प्रहरी जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्