लकडाउनमा बिहे गर्दा फैलियो कोरोना, बेहुलाको मृत्यु, ८० जना संक्रमित



एजेन्सी ।

लकडाउनमा विवाह गरेका एक युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

यस्तै, विवाहमा सहभागी ८० जना पाहुनामा समेत कोरोना संकमण पुष्टि भएको छ । ज्वरोले ग्रसित ती बेहुलो सिटामोलको भरमा विवाह मण्डपमा बसेका थिए । विवाहको दुई दिनपछि भारतको वीहार घर भएका ती युवकको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

विवाहमा संलग्न भएका अन्य पाहुनाको कोरोना परीक्षण भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्