विशाल तारा एकाएक गायब



डब्लिन (एजेन्सी)

पृथ्वीबाट करिब ७ करोड ५० लाख प्रकाश बर्ष दुरीमा स्थित एक विशाल तारा अचानक गायब भएको घटनाले खगोलशास्त्रीहरु चकित परेका छन् ।

कुनै तार सुपरनोवा बन्नु अगाडी नै ब्ल्याकहोलमा समाहित भएको यसतो घटना पहिलो भएको खगोलशास्त्रीहरुले अनुमान गरेका छन् । निलो रंगको यो तारा किनम्यान ड्वार्फ आकाशगंगामा थियो ।

युरोपियन सदर्न अब्जर्भेटरी (ईएसओ)को भेरी लार्ज टेलिस्कोपको मद्दतबाट उक्त तारा विलाएको पत्ता लागेको हो । धेरै दुरीका कारण यो तारालाई देखिएको थिएन तर डिटेक्ट गरिएको थियो । यसको मद्दतबाट वैज्ञानिकहरु यति ठुलो तार कसरी मर्छ, खोज गरिरहेका थिए ।

यो तारा सुर्य भन्दा २५ लाख गुणा धेरै तेजिलो थियो । यो सन् २०११ देखि २०१९को बीचमा गायब भएको अनुमान गरिएको छ । तारा यसरी एकाएक हराउनुलाई वैज्ञानिकहरुले धुलोले ढाकेको हुन सक्ने पनि अनुमान गरेका छन् ।

यसको अर्को कारण भनेको तार विस्फोट भइ बन्ने सुपरनोभाको स्थिति नआउँदै ब्ल्याकहोलमा विलय भएको हुन सक्ने उनीहरुले आसंका ब्यक्त गरेका छन् । टोलीका प्रमुख एन्ड्रयु एलनले यसरी यति धेरै ठुलो तारा समाप्त भएको यो पहिलो घटना भएको बताए ।

ट्रिनिटी कलेज डब्लिनका अनुसन्धानकर्ताहरुले यसको पुर्ण जानकारीका लागि थप अनुसन्धानको आवश्यक भएको तर त्यसका लागि सन् २०१५ मा ईएसओको एक्सट्रिम्ली लार्ज टेलिस्कोपको अनलाइनलाई कुर्नु पर्ने बताए ।

एलन र आयरल्यान्ड, चिली र अमेरिकाका उनका साथी विशाल तार कसरी समाप्त हुन्छ भन्ने विषयमा शोध गर्न चाहेका थिए र उनीहरु किनान ड्वार्फको यो तारा छिट्टै सुपरनोभा बन्नेमा कुरेर बसेका थिए । तर सन् २०१९ मा ईएसओको भीएलटीबाट ग्यालेक्सीको अवलोकनमा उनीहरुले उक्त तारा नै भेटाउन सकेनन् ।

प्रतिक्रिया दिनुहोस्