लकडाउनबारे जनसमुदाय अलमलमा



सरकारले कोभिड–१९ महामारीका कारण गत चैत ११ देखि लकडाउन गर्दै आएको छ । हाल केही खुकुलो गरेको भए पनि यसबारेमा सर्वसाधारण अलमलमा परेका छन् । सार्वजनिक सवारीसाधन चलाउन रोक लगाए पनि निजी सवारीसाधनले सडक भरिएको छ ।

जोर–बिजोर प्रणाली भनिए पनि यसको पालना भएको पाइएको छैन ।
यस्तै शहरका पसलहरु प्रायः खुलेका छन् तर ती पसलमा ग्राहकको संख्या एकदमै न्यून देखिन्छ । आफ्नो साधन हुने त अफिस वा अन्य काममा जान सहज होला तर साधन नहुनेहरु मारमा परेका छन् ।

सरकारी अफिसहरु खोलेको भनिए पनि सबै सेवाग्राही जान सक्ने अवस्था छैन । यो कस्तो लकडाउन हो र कस्तो खुकुलो हो ? सरकारी निकायबाट स्पष्ट नभएसम्म र निश्चित खाका नबनाएसम्म यो लथालिंग अवस्थाले झनै अलमल भएको छ ।
– सुजन तामाङ, कोटेश्वर, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्