चीनले लागु गर्याे नयाँ कानुनः हङ्‌कङको स्वतन्त्रतालाई कमजोर तुल्याउने



एजेन्सी ।

चीनले हालै आफ्नो विशेष प्रशासकिय क्षेत्र हंगकंगमा लागु गरेको विवादास्पद नयाँ कानुन उल्ंघन गर्ने कुनै पनि त्यहाँका वासिन्दालाई आजिवन कारावास संजाय हुनसक्ने बताइएको छ ।

यो कानुन मंगलाबारे देखि लागु भएको हो । तर कानुन लागु भएको घन्टौंपछि मात्र यसको मस्यौदा सार्वजनिक गरिएको हो ।

हंगकंगमा थप प्रजातन्त्रको माग गर्दै आन्दोलन र अस्थिरता बढ्न थालेपछि बेइजिंगले यो कानुन ल्याएको हो । राजनीतिक विशलेषकहरुले यस कानुनले विरोध प्दर्शन रोकने तथा हंगकंगको स्वतन्त्रता अँकुस लाग्ने बताएका छन् ।

सन् १९९७ मा वेलायतले एक विशेष सम्झौता गरेर हंगकंग चीनलाई फिर्ता गरेको थियो । सो समझौता अनुसार पचास वर्षका लागि हंगकंगका केहि निश्चित अधिकार ग्यारेन्टि हुने बताइएको थियो । त्यसैले पनि हंगकंगको अस्तित्वमा आँच आउने कुनै पनि नयाँ कानुनको अन्तर्राष्ट्रिय जगतले कडा आलोचना गर्ने गर्दछ ।

गत वर्ष हंगकंगमा कुनै पनि अभियोग लगाइएका व्यक्तिलाई थप कानुनी कारवाहीका लागि चीन समक्ष सुपुर्दगी गर्न सकिने खालको विधेयक ल्याउन खोज्दा शुरु भएको जन प्रदर्शन प्रजातन्त्र हिमायती आन्दोलनमा परिणत हुन पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्