बोर्ड अध्यक्ष दाहाललाई सोसाइटीको बधाई



नेपाल फिल्म सोसाइटीले चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दयाराम दाहाललाइ बधाई तथा शुभकामना दिएको छ।

कार्यक्रममा बोल्दै नेपाल फिल्म सोसाइटिका अध्यक्ष तथा चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष एवं अभिनेता कृष्ण मल्लले नवनियुक्त अध्यक्ष दाहालको कार्यकालमा समग्र फिल्म क्षेत्रको विकास विस्तार एवं पेसाकर्मीको संरक्षण र उत्थानमा महŒवपूर्ण पहलकदमीसहित उपलब्धि हुनुपर्नेमा जोड दिए।

कोभिड–१९ तथा लकडाउनले थलापरेको उद्योगलाई चलायमान बनाउन, फिल्मकर्मीलाई प्रोत्साहन गर्न र यस संकटको घडीमा ठप्प भएको फिल्म क्षेत्रलाई पुनः सञ्चालन गर्नसमेत उनले दाहाललाई सुझाब दिएका थिए भने नेपाली फिल्मकर्मीलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवद्र्धन तथा विस्तार गर्न विभिन्न देशका राजदूतावासको सहयोगमा फिल्म दूत नियुक्त गर्नसमेत उनले सुझाए।

सो अवसरमा अध्यक्ष दाहालले फिल्मक्षेत्रको हित विपरीत कहिल्यै काम नगर्ने प्रतिबद्धता व्यक्त गरे। त्यसैगरी लामो समयदेखि फिल्म उद्योगमा काम गरेको अनुभवले फिल्मकर्मीको दुःखपीडा बुझेको तथा आफ्नो कार्यकालमा फिल्मक्षेत्रको उत्थानमा लागिपर्ने र यस विषम परिस्थितिमा सम्भावना र कार्यान्वयनका जटिलताका बारेमा अध्ययन गरी फिल्मसँग सम्बिन्धित कुनै पनि संघसंस्थामाथि हस्तक्षेप नगरी उद्योगलाई नयाँ उचाइमा पु¥याउने बताए।

कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, लायन्स क्लबका विभिन्न पदमा पदोन्नति भएका लायन मोहनकृष्ण श्रेष्ठ, राजेश बिशुराल, सुभाष खड्का, टंक पौडेल र सन्तोष कार्कीलाई समेत बधाई तथा सफल कार्यकालको शुभकामना प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्