नेपाल स्टक एक्सचेन्ज र गुडविल फाइनान्सबीच ऋणपत्र सूचिकरण सम्झौता सम्पन्न



न्युज अफ नेपाल, काठमाडौँ ।

मंगलबार नेपाल स्टक एक्सचेन्ज लिमिटेड र गुडविल फाइनान्स लिमिटेड बीच ऋणपत्र सूचिकरण गर्ने सम्झौता सम्पन्न भएको छ ।

उनीहरुबीच प्रति ऋणपत्र अंकित तथा चुक्तामूल्य रु एक हजार कायम भएको २ लाख ५० हजार थान १२ प्रतिशत गुडविल फाइनान्स लिमिटेड डिवेन्चर २०८३ (ऋणपत्र) सूचिकरण गर्ने सम्झौता सम्पन्न भएको हो । कम्पनीले सर्वसाधारण समक्ष एनआइसिएल एस क्यापिटल मार्फत् २ लाख ५० हजार थान १२ प्रतिशत गुडविल फाइनान्स लिमिटेड डिवेन्चर २०८३ खुल्ला बिक्री आव्हान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको २ लाख ५० हजार थान ऋणपत्र वितरण भई स्टक एक्सचेन्जमा सूचीकरण भएको छ ।

ऋणपत्र सूचीकरण सम्झौता पत्रमा स्टक एक्सचेन्जको तर्फबाट प्रमुखकार्यकारी अधिकृत चन्द्र सिंह साउद र कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सरोज काजीतुलाधरले हस्ताक्षर गर्नु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्