भारतलाई हतियार दिन रुस सहमत



न्युज अफ नेपाल, काठमाडौं ।
भारतलाई आधुनिक हतियार दिन रुस सहमत भएको छ । भारत र चीनबीच तनाव बढेसँगै भारतको आग्रहमा रुसले हतियार दिने सहमति जनाएको हो ।

हप्तादिनअघि भारतीय रक्षामन्त्री राजनाथ सिंहको रुस भ्रमणका क्रममा यस्तो सहमति भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले उल्लेख गरेका छन् । भारतको आग्रहमा रुसले एके–२०३ एसल्ट राइफल र का–२२६ टी लाइट युटिलिटी हेलिकप्टर पनि सहयोग गर्ने गरी सम्झौता भएको दाबी छ ।

रुसले केही महिनाभित्रै ती हतियार भारतलाई दिने विश्वस्त पारेको जनाईएको छ । भ्रमणका क्रममा रक्षामन्त्री सिंहले रुसका उपप्रधानमन्त्री युर्य बोरिससँग भेटवार्ता गरेका थिए।

प्रतिक्रिया दिनुहोस्