ईयूले १४ देशका नागरिकलाई मात्रै भ्रमण अनुमति दिने



न्युज अफ नेपाल, पेरिस ।

युरोपियन युनियन (ईयू) ले विभिन्न १४ मुलुकका नागरिकलाई मात्रै भ्रमणको अनुमति दिने घोषणा गरेको छ । ईयुले जुलाई १ देखि युरोप प्रवेश दिने घोषणा गरेको हो ।

विभिन्न समाचार एजेन्सीले बनाएको समाचार अनुसार ईयुले आफ्नो मुलुकमा प्रवेश दिने मुलुकको सूचिमा अल्जेरिया, अस्ट्रेलिया, क्यानडा, जर्गिया, जापान, मोन्टेनग्रो, मोरोक्को, न्यू जील्यान्ड, रूवान्डा, सर्विया, दक्षिण कोरिया, थाइल्याण्ड, ट्यूनिशीया र उरूग्वे रहेका छन् ।

यो सूचिमा अमेरिका, ब्राजिल र चीन लगायतका मुलुक भने समावेश नभएको अन्तर्राष्ट्रिय समाचारहरुमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्