आफ्नै गाउँ फर्की आएँ



विश्वभर कोरोना महामारीको त्रास छ । नेपालको ठूलो मात्रामा जनशक्ति वैदेशिक रोजगारमा छ । यस्तैमा हरेक देशमा कोरोना सन्त्रासपछि नेपाल फर्किने नेपालीको संख्या वृद्धि भएको छ । नेपालमा लकडाउन घोषणापछि तीन महिनाको अवधिमा हवाई मार्ग र स्थल मार्गबाट ७ लाखभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् ।

छिमेकी दिने भारतबाट सबैभन्दा बढी नागरिक स्वदेश फर्किएका छन् । हवाई मार्गभन्दा स्थल मार्गबाट स्वदेश फर्कने नेपालीको संख्या ठूलो छ । लकडाउन शुरु भएलगत्तै स्वदेश फर्किने नेपालीहरुको भीड लागे पनि विदेशमा रहनेहरुको तुलनामा यो संख्या धेरै थोरै हो । सरकारले भारतबाट स्वदेश फर्किने नेपालीलाई सम्बन्धित स्थानीय तहको सरकारसँग समन्वय गरेर ल्याउने गरेको छ ।

यसरी हरेक सुख–दुःखमा आफ्नो गाउँ नै महत्वपूर्ण हुने रहेछ । दिनभर चारो खोज्दै कहाँ–कहाँ भौँतारिए पनि साँझ गुँड खोज्दै चरी फर्किएजस्तै गाउँ खोज्दै फर्केका हाम्रा दाजुभाइ, दिदीबहिनीलाई हामीले सकेसम्म अब हौसला दिनुपर्छ । गाउँमै बसेर देश निर्माणमा सबैले जुट्नुपर्ने बेला आएको छ । नेपाल कृषिप्रधान देश भएकाले कृषि क्रान्तिमा हामीले जोड दिनुपर्छ । आफ्नै गाउँ फर्की आएँ भनी स्वदेश फर्कनेलाई हौसला बढाउनुपर्छ ।
–सुनील कठायत, अछाम ।

प्रतिक्रिया दिनुहोस्