किरणको जन्मदिनमा लक्ष्मी र डब्बु सम्मानित



हास्य अभिनेता तथा निर्माता किरण केसी (ए राता मकै) हरेक वर्ष असार १५ गते आफ्नो जन्म दिन पारेर प्रदान गर्ने सम्मान यस वर्ष अभिनेत्री लक्ष्मी गिरी र पत्रकार डब्बु क्षेत्रीलाई प्रदान गरिएको छ।

साढे चार दशकभन्दा लामो समयदेखि निरन्तर अभिनय विधमार्फत नेपाली फिल्म, टेलीफिल्म र नाट्य क्षेत्रमा योगदान पु¥याएबापत अभिनेत्री गिरीलाई १० हजार रुपियाँसहित हास्यव्यांग्य कलाकार योगदान सम्मानबाट सम्मान गरियो।

त्यसै गरी साढे दुई दशकभन्दा बढी समयदेखि रँगपत्रकारितामार्फत नेपाली हास्यव्यंग्यसँगै चलचित्र र कला क्षेत्रमा योगदानसँगै गीतलेखन, साहित्य सृजना र चलचित्र निर्देशनबाट साहित्य, कला क्षेत्रमा योगदान पु¥याएबापत डब्बु क्षत्री (डम्बरबहादुर बुढाथोकी) लाई १० हजार रुपियाँसहित सम्मान गरियो।

‘मेरो जन्म दिनमा मैले मेरो दिवँगत पितृको सम्झनामा ७ वर्षदेखि यो सम्मान एकजना हास्यव्यंग्य कलाकार र एकजना कला पत्रकारलाई नियमित प्रदान गर्दै आइरहेको छु र मेरो शेषपछि पनि यो निरन्तर होस् भन्ने चाहना राखेको छु।’ –कार्यक्रममा अभिनेता केसीले भने। उनले मुलुकमा कोरोना सँक्रमणको जोखिम रहेका कारण विगतजस्तो भव्य समारोह नगरी आफ्नो कार्यालयमै ११ जनाको उपस्थितिमा यो सम्मान प्रदान गरेको बताए।

कोरोनाकै कारण यसपटक जन्मदिनमा आफूले केक नकाटेको र तडकभडक नगरेको पनि उनले स्पष्ट पारे। मह जोडीसँगको सहकार्यसँगै अभिनय यात्रा प्रारम्भ गरेका केसी पछिल्लो समय चर्चित कलाकार शिवहरि पौडेलसँग सहकार्य गरी सफल फिल्म निर्माताका परूमा समेत स्थापित छन् ।

कार्यक्रममा वरिष्ठ चरित्र अभिनेत्री लक्ष्मी गिरीले आफूलाई हास्यव्यंग्य कलाकारका परूमा गरिएको यो सम्मानले अझै यो क्षेत्रमा थप सशक्त काम गर्ने ऊर्जा मिलेको बताइन्। त्यसै गरी डब्बुले आफ्नो कामको मूल्यांकन गरेर यो सम्मान प्रदान गरिएकोमा अझ सक्रियपरूमा पत्रकारिता गर्न प्रेरण जागेको बताए।

अभिनेता केसीले आफ्ना दिवंगत हजुरबुबा बडाहाकिम भोजराज केसी, दिवंगत हजुरआमा हृदयकुमारी केसी, दिवंगत बुबा ले.क. दुर्गाबहादुर केसी र दिवंगत आमा इन्द्रकुमारी केसीको सम्झनामा सात वर्षअघि स्थापित सम्मानबाट गिरी र क्षेत्रीलाईलाई सोमबार ललितपुरस्थित कार्यालयमा आयोजित कार्यक्रममा सम्मान गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्