कृषकलाई अनुदानमा हाते ट्याक्टर



यमलाल भुसाल, बुटवल

रूपन्देहीको कञ्चन गाउँपालिकाले गाउँका २० जना कृषकलाई ८० प्रतिशत अनुदानमा हाते ट्याक्टर प्रदान गरेको छ ।

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत कञ्चन गाउपालिकाको ५ वटै वडाका कृषकलाई आवेदनका आधारमा छनोट गरी २० जनालाई सो हाते ट्याक्टर प्रदान गरिएको कञ्चन गाउँपालिका कृषि शाखाका प्राविधिक रामप्रसाद अधिकारीले जानकारी दिनुभएको हो ।

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत किसानलाई कृषि हाते ट्याक्टर प्रदान गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्णबहादुर क्षत्रीले परम्परागत कृषि प्रणालीलाई यान्त्रिकीकरण गर्नका लागि वितरण गरिएको हाते ट्याक्टरको उचितरूपमा सदुपयोग हुने र यसबाट लिन सकिने फाइदा अन्य किसानमा सञ्चार गर्न सके यान्त्रिकीकरणको उपलब्धि हुने बताउनुभयो ।

कञ्चनको कृषि पद्धतिलाई अझ प्रभावकारी र व्यवस्थित बनाउन आगामी वर्ष कृषि क्षेत्रमा विशेष बजेटको व्यवस्था गरिएको बताउँदै आगामी वर्षदेखि युवालाई कृषिमा आकर्षित गर्न र कृषिमा युवालाई आत्मनिर्भर गर्न गराउन भौतिक पूर्वाधारको योजनालाई कम गरेर कृषिमा प्राथमिकता दिई बजेट ल्याएको उल्लेख गर्नुभएको छ ।

वैदेशिक रोजगारमा विदेश गएका तर कोभिड–१९ बाट प्रभावित भई रोजगार गुमाएर घर फर्किएका हरेक युवालाई कृषिमा आकर्षित गराउन कञ्चन गाउँपालिकाले कृषिमा अनुदान सहितको बजेट ल्याएको उपाध्यक्ष गोमा तरामुले बताउनुभयो ।

रोजगारीको सिर्जना एवं धान–चामल निर्यात
माध्यमबाट रोजगारीको सिर्जना एवं धान–चामल निर्यात गर्ने रणनीति बनाउँदै सरकार योजनाबद्धरूपमा अघि बढेको राष्ट्रिय धान दिवसका अवसरमा जारी गरिएको विज्ञप्तिमा जनाउनुभएको छ ।

राष्ट्रिय धान दिवस–२०७७ को अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले आयात प्रतिस्थापन गर्न धानको उत्पादकत्व बढाउन आवश्यक रहेको बताउनुभएको हो ।

मुख्यमन्त्री पोखरेलले त्यसका लागि खेतीयोग्य जमिनमा सिँचाइकोे उपलब्धता बढाउँदै जाने, उन्नत जातका बीउ–बिजन र मलखाद किसानलाई सहजरूपमा उपलब्ध गराउने एवं यान्त्रिकीकरणमा जोड दिने नीति लिएको जनाउनुभएको छ ।

धानको उत्पादकत्व र उत्पादन वृद्वि गरी समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्न सबैको सार्थक सक्रियताका लागि मुख्यमन्त्री पोखरेलले अपिल गर्नुभएको छ ।

राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउन र रोजगारीको सुनिश्चितताका लागि धान नेपालको प्रमुख बाली हो भन्दै मुख्यमन्त्री पोखरेलले नेपाली समाजका हरेक सामाजिक र सांस्कृतिक कार्यहरुमा धान अनिवार्य रहेको उल्लेख गर्नुभएको छ ।

उहाँले कोभिड–१९ महामारिले अर्थतन्त्रमा परेको नकारात्मक असरहरू कम गर्न उत्पादन वृद्धिबाट सम्भव रहेको जनाउनुभएको छ ।

नेपालमा खेती गरिने कुल क्षेत्रफलको ४७ दशमलव ५ प्रतिशत जमिनमा गरिने धान खेतीको कृषिबाट प्राप्त हुने कुल गार्हस्थ उत्पादनमा २० प्रतिशत योगदान रहेको मुख्यमन्त्री पोखरेलले उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्