नेपालमा १४ जिल्ला ७५ प्रदेश !



नायिका पूजा शर्मा एउटा अन्तर्वार्तामा दिएको सामान्य ज्ञानसम्बन्धी जवाफलाई लिएर समस्यामा परेकी छिन्।

करिब ३ महिनाअगाडि लापरबाहीपूर्वक दिएको एक टेलिभिजन अन्तर्वार्ताका कारण पूजा विवादमा परेकी हुन्। पूजा ३ महिनाअगाडि दिएको जवाफका कारण अहिले आएर समस्यामा परेकी हुन्। यसलाई लिएर उनी सामाजिक सञ्जालमा भाइरल भइरहेककी छिन्।

एक टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा पूजाले नेपालमा १४ जिल्ला र ७५ प्रदेश रहेको बताएपछि उनी ट्रोल भएकी हुन् । उनको यस जवाफको कारण उनको अध्ययन र सामान्य ज्ञानलाई लिएर उनका दर्शकले प्रश्न गरिरहेका छन्। फिल्ममा काम गरेबापत चर्कोे पारिश्रमिक लिने कलाकारका रूपमा चिनिएकी पूजाको यो विषयलाई अहिले चर्को आलोचना भइरहेको छ।

यसलाई लिएर उनी ट्रोलको समेत सिकार भइरहेकी छिन्। यसै विषयलाई लिएर उनीमाथि धेरैले व्यंग्य गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्